आज २९औं विश्व आदिवासी दिवस, कोशी प्रदेशमा सार्वजनिक विदा


२४ श्रावण २०८०, बुधबार ०९:२४ मा प्रकाशित

२४ साउन, काठमाडौं । २९औँ विश्व आदिवासी दिवस बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

Advertisement

“आफूले निर्धारण गरे अनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको छ ।

नेपाल आदिवासी जनजाति महासंघले बुधबार दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको छ । त्यसअघि बिहान ११ बजे भृकुटीमण्डपबाट सांस्कृतिक झाँकी सहितको र्‍याली निकाल्ने कार्यक्रम पनि रहेको छ ।

राष्ट्रसंघको साधारणसभाले सन् १९९४ डिसेम्बर २३ को दिन अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यस यता हरेक वर्ष विश्व आदिवासी दिवस मनाउने गरिएको छ ।

यस दिवसको अवसरमा कोशी प्रदेश सरकारले भने आज प्रदेशभर सार्वजनिक विदा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here