इरानद्वारा होर्मुज जलमार्ग पुन: बन्द, ट्याङ्कर र पानीजहाजमा आक्रमण भएका विवरण


५ बैशाख २०८३, शनिबार २१:१६ मा प्रकाशित
Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

इरानले होर्मुज जलमार्गलाई पुनः बन्द गर्ने बताएपछि कयौँ पानीजहाजहरूले आफूहरू आक्रमणमा परेको जानकारी दिएका छन्।

Advertisement

एजेन्सी ।। ओमानभन्दा २५ नटीकल माइल टाढा एउटा ट्याङ्कर र एउटा कन्टेनर पानीजहाजमाथि आक्रमण भएको हो।

उक्त ट्याङ्करका क्याप्टेनले ब्रिटेनको समुद्री सुरक्षा निकायलाई चालक दल र आफ्नो सवारी दुवै सुरक्षित रहेको जानकारी दिएका छन्। कन्टेनर पानीजहाजले भने आफ्नो कार्गोमा केही क्षति पुगेको विवरण दिएको छ।

अर्को क्रुज पानीजहाजमा ओमानको तट नजिक हमला भएको थियो र नजिकै पानी छचल्किएको महसुस गरेको जनाएको छ।

यसअघि इरानसँग सम्बन्धित पानीजहाजहरूमा अमेरिकाले नाकाबन्दी हटाउन अस्वीकार गरेका कारण आफूले पुनः उक्त जलमार्ग नियन्त्रणमा लिन लागेको इरानी सेनाले बताएको थियो।

होर्मुज जलमार्ग खुलेको घोषणा शुक्रवार गरिएपछि आकस्मिक रूपमा तेलको मूल्य घटेको थियो।

अमेरिकी सेन्ट्रल कमान्डले आफूले सोमवार नाकाबन्दी घोषणा गरेयता २३ वटा पानीजहाजहरूलाई फिर्ता गरिदिएको उल्लेख गरेको छ।

यसअघि मरिन ट्रयाकिङ डेटाहरूले चारवटा एलपीजी ग्यास बोकेका पानीजहाजहरू र कैयौँ तेल पेट्रोकेमिकल ट्याङ्करहरू उक्त स्ट्रेटबाट पार गरेर ओमानको खाडीमा अघि बढेका देखाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here