बीपी राजमार्गको डाइभर्सन बग्यो, यातायात पूर्ण अवरुद्ध


६ बैशाख २०८३, आईतवार ०९:०६ मा प्रकाशित

बैशाख ६, काठमाडौं ।। बीपी राजमार्गअन्तर्गत काभ्रे खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

Advertisement

रोशी खोलामा पानीको बहाव अचानक बढेपछि सडकका डाइभर्सनहरू बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

कटुन्जे–मंगलटार सडकखण्ड र घुमाउने आसपासका डाइभर्सन बग्दा यातायात ठप्प भएको हो। मर्मत कार्य सुरु भए पनि बाटो खुल्न समय लाग्ने प्रहरीले जनाएको छ।

प्रहरीले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here