बैशाख ६, काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज दिउँसो ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्दै छ।
बैठकमा पार्टीको संगठन सुदृढीकरण र आन्तरिक संरचना व्यवस्थित गर्ने विषय प्राथमिकतामा रहनेछ। जिल्ला अधिवेशन कार्यविधि तय गर्ने, केन्द्रीय आयोग र विभागहरूमा मनोनयन गर्ने तथा बैंक खाता सञ्चालनसम्बन्धी निर्णय गर्ने एजेन्डा छन्।
यसैगरी महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, विज्ञहरूबाट योजना आह्वान गर्ने र प्रतिनिधिसभा सदस्यको संगठनात्मक जिम्मेवारी बाँडफाँट गर्ने विषयमा पनि छलफल हुनेछ।
पार्टीका अनुसार संसदीय दलका लागि आवश्यक कार्यविधि र प्राविधिक सहयोगबारे समेत बैठकमा निर्णय हुने अपेक्षा गरिएको छ।







