पहिरोले घर बगाउँदा एकको मृत्यु, चार बेपत्ता


१ श्रावण २०७७, बिहीबार १०:५६ मा प्रकाशित

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ फुल्पिङकट्टीमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।

Advertisement

गएराति आएको पहिरोले दुई घरमा क्षति गरेको छ । एउटा घर पुर्णरुपमा क्षति भएको छ भने एउटा घर आंशिक रुपमा क्षति भएको छ ।

पूर्ण रुपमा क्षति भएको घरका पाँचजना महिलालार्ई पहिरोले लगेको हो । बेपता हुनेहरुमा सोम बुटि शेर्पा वर्ष ८४, यान्जी शेर्पा वर्ष १६, छिरिङ शेर्पा वर्ष १२, सोम शाङ शेर्पा वर्ष ४८ का छन् ।

एकजना वर्ष ३५ की साङबु शेर्पाको शव भेटिएको प्रहरी उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।

पहिरोका कारण विद्यालयमा पनि क्षति पुगेको छ । सेती देवी पञ्चकन्या आधारभूत विद्यालयको कम्पाण्डमा क्षति पुगेको हो ।

पहिरोमा परेर ६० जना विस्थापित भएका छन् । बिहानबाट पानी परिरहेको र पहिरो नजिक घर भएका १८ घरका ६० जना विस्थापित भएका हुन् ।

उनीहरु अहिले सुरक्षित स्थानमा बसिरहेका छन् । बेपत्ताहरुको खोजीका लागि शसस्त्र प्रहरी र वडाध्यक्ष साङबु शेर्पा लगायत घटनास्थल पुगिसकेका छन् । नेपाल प्रहरीलाई भने पुग्न केही समय लाग्ने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here