गाँजा सहित १ जना पक्राउ


१४ असार २०७८, सोमबार १२:४८ मा प्रकाशित

उदयपुर, असार-१४ । उदयपुर, बेलका नगरपालिका ८ कोठु स्थितबाट १ केजी गाँजा सहित एक जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भोजपुर हचुवागढी ४ कि १९ बर्षीया सुजता मग्राती रहेकी छन् । हिजो बेलुका ४ बजे अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फ जादै गरेको बोलेरो पिकअपमा सवार रहेकी मग्रातीको जेब्रा झोलामा लुकाई ल्याएको लागुऔषध गाँजा १ केजी बरामद गरेको हो । मग्रातीलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला लगी थप अनुसन्धान भईरहेको छ ।  

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here