सुत्केरी र बृद्धा महिलालाई स्वास्थ्य सामग्री


१४ असार २०७८, सोमबार १२:४५ मा प्रकाशित

धुलाबारी, असार १३ । मखमली महिला विकास संस्था मेचीनगरले विपन्न समुदायका सुत्केरी तथा बृद्धा महिलाहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
संस्थाले आइतबार मेचीनगर(१० खयरडाँगीका विपन्न, दलित, आदिवासी, जनजाति महिलाहरुलाई भिटामीन, सेनिटाइजर, मास्क, ग्लोब्स, थर्मोमिटर, फेसशिल्ड, पानीलगायतका सामग्री वितरण गरेको हो ।
संस्थाकी अध्यक्ष माया गुरुङले कोभिड १९ को संक्रमणका कारण सुत्केरी र बृद्धा महिलाहरु बढी जोखिममा पर्ने हुँदा उनीहरुलाई विशेष प्राथमिकतामा राखेर स्वास्थ्य सामग्री वितरण गरेको बताइन् । खयरडाँगीका ४० बढी महिलाहरुले स्वास्थ्य सामग्री पाएका छन् ।
संघीय सांसद राम कार्कीको सांसद विकास कोषबाट प्राप्त आर्थिक सहयोगबाट स्वास्थ्य सामग्री पाएपछि स्थानीय ७५ बर्षीय सुष्मा दनुवारले खुशी हुँदै संस्थालाई धन्यवाद दिएकी थिइन् ।
कार्यक्रममा पत्रकार, स्वास्थ्य स्वयम्सेविका, स्थानीय राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

Advertisement

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here