झापा १ को प्रारम्भिक गणनामा काङ्ग्रेस अगाडि


५ मंसिर २०७९, सोमबार १७:४७ मा प्रकाशित

काँकडभिट्टा । झापा क्षेत्र नम्बर १ प्रदेश क को प्रारम्भिक मत गणनामा नेपाली काङ्ग्रेसका गोपाल तामाङले अग्रता लिएका छन् ।

Advertisement

जम्मा मत १६०३ गणना हुँदा ६२२ मत ल्याएर काङ्ग्रेसले अग्रता लिएको हो । काङ्ग्रेसलाई पछ्याउँदै गरेका नेकपा एमालेका रविन कोइराले ६०१ मत ल्याएका छन् ।

त्यसै गरि मंगोल नेशनल अर्गनाइजेसनले २३७ मत ल्याएको छ भने जनता समाजवादी पार्टी ३७ मत ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here