सातौँ सुनतला महोत्सव मंसिर २२ बाट हुने


११ मंसिर २०७९, आईतवार १७:२६ मा प्रकाशित

काँकरभिट्टा । सन् २०१३ देखि भारतको कलकत्तामा निरन्तर हुँदै आएको सुन्तला महोत्सवको सातौँ संस्करण मंसिर २२ गतेबाट २४ गतेसम्म अथात् दिसेम्बर ९ बाट ११ तारखिसम्म कलकत्ताको सल्टेक सिटिसेन्टरमा हुने आज (आइतबार) एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजमका नेपाल संयोजक अर्जुन कुमार कार्कीले पत्रकार संमेलन मार्फत जानकारी गराए

Advertisement

नेपाल, भारत, भुटान र बंगलादेशको सहभागिता रहने उक्त महोत्सवमा उपस्थित राष्ट्रहरको ग्रामिण पर्यटन बिकास र कृषि उत्पादनको बजारीकरणलाई विशेष प्राथमिक्ताका साथ प्रचार–प्रसार गरिदै आएको संयोजक कार्कीले जानकारी दिए ।

उक्त महोत्सबमा महिला बेचबिखन, लागु औषध, हात्ती समस्या, सांस्कृतिक एवम् जातीय उत्थान आदी कुराहरुको पनि प्रचार–प्रसार गर्ने संयोजक कार्कीले बताए ।

हरेक वर्ष नेपालबाट ६० देखि ९० जनासम्मको उपस्थिति रहने उक्त महोत्सवमा बिगत ३ वर्षदेखि कोरोनाको कारण नेपालले सहभागिता जनाउन पाएको थिएन । तर, यो पटक विभिन्न विधाबाट करीब २०० जना नेपालीहरुले उक्त महोत्सवमा भाग लिने कुरा संयोजक कार्कीले बताए ।

देशको स्थानीय उत्पादनको प्रचार गर्न र भारत, भुटान र बंगलादेशको पर्यटकहरुलाई देशमा बोलाउन यो महोत्सवको विशेष महत्व रहेको संयोजक कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here