समानुपातिकतर्फ करीब ८० प्रतिशत मतगणना


११ मंसिर २०७९, आईतवार २०:१९ मा प्रकाशित

काँकरभिट्टा । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ ।

Advertisement

सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड ७ लाख तीन हजार २७) मत खसेको अनुमान गरिएकामा सोको ८० प्रतिशत मतगणना हुँदा अब करिब २४ लाख मत उक्त प्रणालीतर्फ गणना हुन बाँकी रहेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ स्थानमध्ये हालसम्म एक सय ४४ क्षेत्रको मतपरिणाम आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ । हाल गणना भइरहेका छ । निर्वाचन क्षेत्रको सोमबारसम्ममा सम्पन्न हुने आँकलन गरिएको छ । बाजुराको बुढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पिपलचौर मतदान केन्द्रमा यही मङ्सिर १० गते पुनःमतदान सम्पन्न भएकाले गणना हुन बाँकी छ । दोलखा र स्याङ्जा सत्तापक्ष र प्रतिपक्षबीच विवादका कारण मतपेटिका सङ्कलन भइसके पनि विवाद भएका मतदानस्थलमा पुनः मतदान गराउने या मतगणना शुरू गर्ने भन्ने विषयमा आयोगको निर्णयको प्रतीक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here