स्वर्णधारी सन्जुलाई गृहनगरले सम्मान छ भनेर झुक्याए पछि सन्जुले गरिन् प्रश्न : के खेलाडीको स्वाभिमान हुँदैन ?


३१ असार २०७७, बुधबार १३:१२ मा प्रकाशित

३१ असार, झापा । गत मंसिरमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनमा स्वर्ण पदक जितेकी सञ्जु चौधरीले आफ्नै नगरले अपमान गरेको बताएकी छन् ।

Advertisement

स्वर्णधारी सन्जुले खेलाडीको स्वाभिमान हुन्छ कि भन्दै प्रश्न गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सञ्जुले नेपालगञ्ज उपमहानगरपालिकाले सम्मान कार्यक्रम छ भनेर आफ्नो बुवालाई बोलाएर रित्तै हात घर फर्काएको भन्दै आक्रोश पोखेकी छन् ।

उनले ‘हामी खेलाडीको स्वाभिमान हुँदैन र कुरा नबुझी सम्मान छ भन्दै बोलाउने ? आफू नसके परिवारको मान्छेलाई पठाऊ भन्ने, परिवारको मान्छे पुगेपछि कुरा मिलेन भनेर जाऊ भन्ने ? भन्दै उनले आक्रोशसहित खेलेकी छन्, ‘हामीलाई पैसा चाहिएको होइन । सम्मान चाहिएको हो ।’
सागमा भारत्तोलनकी उदयीमान खेलाडी सञ्जुले ५९ केजी तौल समूहमा स्वर्ण जितेकी थिइन । सरकारदेखि विभिन्न क्षेत्रबाट सम्मानित भइरहेका साग स्वर्णधारी खेलाडीलाई उनकै नगरपालिकाले भने अपमान गरेको उनले बताएकी हुन् ।

खेलाडी यस्तो व्यवहार गर्दा खेलाडीको आत्मसम्मानमा आँच आउने उल्लेख गर्दै सञ्जुले भनेकी छन्, ‘यस्तै हुने हो भने आउने दिनमा अरु खेलाडीको परिवारले आफ्ना सन्तानलाई खेल्न दिन्छन् ?’

खेलाडीले देशका लागि खेल्ने बताउँदै उनले लेखेकी छन्, ‘पैसा होइन स्वाभिमान चाहिएको हो । खेलाडीले देशका लागि खेल्ने हो । त्यसपछि आफ्नालागि ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here