विश्वमै सबैभन्दा शक्तिशाली सिंगापुरको राहदानी


६ श्रावण २०८०, शनिबार ०८:२५ मा प्रकाशित

एजेन्सी । जापानलाई पछि पार्दै सिंगापुरको राहदानी संसारकै सबैभन्दा शक्तिशाली बन्न सफल भएको छ ।

Advertisement

राहदानी सुचकांक जारी गर्ने हेनली एण्ड पार्टनर्सले सन् २०२३ का लागि जारी गरेको राहदानीको बर्गीकरणमा सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली देखिएको हो ।

सिंगापुरका नागरिक बिना भिसा १ सय ९२ देशमा जान सक्दछन् । दोस्रो स्थानमा जर्मनी, इटली र स्पेन रहेका छन् । पछिल्लो पाँच वर्षमा लगातार पहिलो स्थानमा रहँदै आएको जापान भने तेस्रोमा झरेको छ ।

तेस्रो स्थानमा जापानसँगै अष्ट्रिया, फिनल्याण्ड, फ्रान्स, लक्जम्बर्ग, दक्षिण कोरिया र स्वीडेन पनि परेका छन् । भारत पासपोर्टको बरियतामा ८०औं स्थानमा परेको छ । नेपाल भने ९८औं स्थानमा झरेको छ ।

नेपालसँगै प्यालेस्टाइन पनि रहेको छ । नेपालीहरु भिसा नलगाई ३८ वटा देशमा मात्रै जान पाउँने छन् । उत्तरकोरिया नेपालभन्दा एक स्थान माथि रहेको छ । दक्षिण एशियामा पाकिस्तानी सबैभन्दा तल अर्थात एक सयौं स्थानमा परको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here