पूर्वीनाका सजाउने सङकल्प अभियान आजबाट सुरु : यस्ता छन् सङकल्पहरु


१४ पुष २०८०, शनिबार १५:१७ मा प्रकाशित

पुस १४, मेचीनगर ।। नेपालको सुदुरपूर्वी नाका काँकरभिट्टा सजाउने र मेचीनगरलाई सौन्दर्यकरण गर्न सङकल्प अभियान आजबाट सुरु भएको छ ।
पूर्वी नाका मेची पुल आसपासको क्षेत्र सरसफाइ गरेर अभियानको सुरुवात भएको हो । नागरिक स्तरबाट गठन भएको अभियानले नगरको सौन्दर्यकरण र समृद्धिका लागि हातेमालो गर्ने अभियानका संयोजक विजय डालमियाले बताउनु भयो । संयोजक डालिमियाले यस्तो अभियान जो जहाँ छौं त्यहिबाट सबै तिर चलाउनु पर्ने पनि बताउनु भयो । हरेक शनिवार विहान ८ बजेदेखि २ घण्टा श्रमदान गर्ने योजना सहित सुरु भएको अभियानमा सहभागी मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले यो अभियानले पूर्वीनाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकहरुलाई सकरात्मक प्रभाव र आकर्षण गर्ने बताउनु भयो । देशभरीबाट पूर्वी नाका भ्रमण गर्न आउने आन्तरिक पर्यटकहरुका लागि समेत यो कार्यले आकर्षण थप्ने प्रमुख रेग्मीको बझाइ रहेको छ ।

Advertisement


नागरि।क स्तरबाट सुरु भएको सङकल्प अभियानले यस क्षेत्रको विकास र समृद्धिमा महत्वपूाणर्् योगदान गर्न सक्ने मेचीनगर वडा नम्बर ६ का वडा अध्यक्ष ललित तामाङले बताउनु भयो । वडाध्यक्ष तामाङले स्थानीय सरकार र जनताबीचको सहकार्यलाई यसले मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
आज सम्पन्न सरसफाई अभियानमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लगायतका संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

पूर्र्वी नाका सजाउने यस्तो छ योजना :
अभियानले यस अघि नै पूर्वी नाका सजाउने कार्यक्रम सार्वजनिक गरिसकेको थियो । मेची सामुदायिक भवनमा आयोजना भएको सो कार्यक्रममा पूर्वी नाका सजाउने यस्तो छ योजना :

पूर्वीनाकालाई सुन्दर र पर्यटकमैत्री बनाउने आफ्नो परियोजना सहित पूर्वीनाकाको भित्तामा सुन्दर चित्रकलाले सजाउने र कर्नरमा मनमोहक बगैचा निर्माण गर्न सकिने थ्रीडी परियोजना प्रस्ताव इन्जिनियर विवेक प्रधानले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी संविधानसभा सदस्य रविन कोइराला, मेचीनगरका निवत्र्तमान नगरप्रमुख बिमल आचार्य, मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी, सहारा नेपालका सीइओ एवम् सामाजिक अभियन्ता महेन्द्र गिरी, पूर्वमेची बस व्यवसायी संघ प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, चरा खोजकर्ता देवेन्द्र खरेल, महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजु दाहाल, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका निवत्र्तमान अध्यक्ष रामचन्द्र उप्रेती, केशव गिरी, मुकुन्द्र शिवाकोटी, भुपाल शिवाकोटी लगायतले परियोजनाको प्रशंसा गर्दै नाकाको सौन्दर्यकरणका लागि थप सुझाव प्रस्तुत गर्नु भएको थियो ।

यस्ता छन् सङकल्पहरु

संकल्प अभियानले यो अभियान मेचीनगरबासीको साझा अभियान भएको जनाउँदै तीन वटा संकल्प प्रस्ताव पारित गरेको छ । 

संयोजक बिजय डालमियाले प्रस्तुत गर्नुभएको प्रस्तावको पहिलो बुँदामा भेला, बैठक र कार्यक्रममा अभियानको तर्फबाट चियापान नगरिने संकल्प गरिएको छ ।

दोस्रो बुँदामा हालै मेचीनगर–१० मा सडकमा जाडोले मृत्युवरण गरेकी सहयोगापेक्षी महिलाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै अबोप्रान्त कोही पनि सहयोगापेक्षीले जाडो, भोक र उपचार अभावका कारण मर्नुपर्ने अवस्था आउन नदिइने संकल्प गरिएको छ ।

तेस्रो बुँदामा काँकरभिट्टा पर्यटकका लागि नेपालकै प्रमुख ढोका भएको हुँदा यस नाकाबाट भारतले कोभिड महामारीपछि पर्यटक आवागमनमा लगाउँदै आएको प्रतिबन्ध खुला गर्न आवश्यक सबै पहल गर्ने संकल्प गरिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here