ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा खुला रक्तदान कार्यक्रम सम्पन्न


१४ पुष २०८०, शनिबार १८:४१ मा प्रकाशित

पुस १४, काठमाडौं ।। ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर परिसरमा संयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
ॐ हस्पिटलको सहकार्यमा लायन्स क्लब अफ काठमाडौं हाम्रो रुपान्तरण र लायन्स क्लब अफ काठमाडौं मदरल्याण्ड वुमनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
लायन्स क्लब अफ काठमाडौं हाम्रो रुपान्तरणकी अध्यक्ष लायनशान्ता भण्डारीर लायन्स क्लब अफ काठमाडौं मदरल्याण्ड वुमनकी अध्यक्ष लायन नास्तु रेग्मीको अध्यक्षतामा तथा हस्पिटल संचालक समितिका अध्यक्ष सिनियर कन्सल्यान्ट रेडियोलोजिष्ट डा। आनन्द प्रसाद श्रेष्ठको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा लायन्स क्लबका जि।एस।टी। कोअर्डिनेटर लायन जनार्दन फुँयाल, डिस्ट्रिक्ट को(अर्डिनेटर लायन विष्णु भण्डारी, डिस्ट्रिक्ट एड्भाइजर लायन कल्पना पौडेल घिमिरे तथा जोन चियरपर्सन लायन सरिता श्रेष्ठ, लायन किरण श्रेष्ठ लयागतको उपस्थिति रहेको थियो ।
ॐ हस्पिटलका तर्फवाट प्रमुख कार्यकारी अधिकृत यम वहादुर महत, मेडिकल डाइरेक्टर डा। हरिश जोशी, नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ, प्रमुख वित्त अधिकृत धुर्व सुवेदी लगायत अस्पतालका पदाधिकारीहरु समेत उपस्थित हुनुहुन्थ्यो ।
हस्पिटल प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा हस्पिटका चिकित्सक, नर्सिङस्टाफर कर्मचारीहरु तथा लायन्स क्लवका सदस्यहरु तथा सर्वसाधार गरी जम्मा ६२ पिन्ट रकग दान भएको थियो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here