काँकरभिट्टा । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) झापाको नवौं जिल्ला अधिवेशनले १४९ जना सदस्य सर्वसम्मत चयन गरेको छ ।
सर्वसम्मत भएको सदस्यबाटै अध्यक्षसहित पदाधिकारी टुङ्गो लगाउने गरी अधिवेशन स्थगित गरिएको अनेमसंघ झापाले जनाएको छ ।
पूर्ण कमिटी १५१ जनाको हुने व्यवस्था रहे पनि २ जना सदस्य पहिलो बैठकबाट मनोनित गरिने बताइएको छ । पदाधिकारीमा सर्वसम्मत भए निर्वाचन नहुने अनेमसंघ झापाले जनाएको छ ।
अध्यक्षको उम्मेद्वार पार्टीको उपसचिव चन्द्रा श्रेष्ठले पदाधिकारी चयन गर्ने बाहेकका प्रक्रिया सम्पन्न गरेर अधिवेशन स्थगित गरेको जानकारी दिइन् ।
अनेमसंघ झापाको अध्यक्षमा श्रेष्ठसहित, संगठनको इञ्चार्ज पवित्रा पाठक र पार्टीको जिल्ला कमिटी सदस्य लिला दाहालले आकांक्षा व्यक्त गरेका छन् । ४०१ जना प्रतिनिधि रहेको अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।