राष्ट्रपति भण्डारीले लिइन् गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी


४ भाद्र २०७९, शनिबार १४:२८ मा प्रकाशित

झापा । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अस्पतालमै पुगेर नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

Advertisement

राष्ट्रपति भण्डारीले बिहान करीव ११ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा पुगेर उपचारार्थ गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेकी थिइन् ।

अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा. उपेन्द्र महतोले नेता गिरीको स्वास्थ्य अवस्थाबारे राष्ट्रपति भण्डारीसमक्ष ब्रिफिङ गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति करीव एक घण्टासम्म अस्पताल बसेकी थिइन् ।

यसै गरि आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

प्रतिनिधिसभा सदस्य गिरी लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना अघि नेपाल फर्किएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here