एमालेको प्रथम विधान महाधिवेशनको तयारी पूरा, देशभरीबाट ६ हजार प्रतिनिधि सहभागी हुने


१४ आश्विन २०७८, बिहीबार १९:५३ मा प्रकाशित

काठमाडौं, १४ असोज ।। नेकपा एमालेको प्रथम विधान महाधिवेशनको तयारी पूरा भएको छ । महाधिवेशनका लागि ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रलाई कार्यक्रम स्थलको रुपमा तयारी गरिएको छ । शुक्रबारदेखि हुने विधान महाधिवेशनका लागि गोदावरी सम्मेलन केन्द्रलाई सिँगारिएको छ ।

Advertisement

शुक्रबार दिउँसो सवा १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

सम्मेलन केन्द्रको हलमा प्रतिनिधिहरुको सिट प्लानिङ गरिएको छ जसमा पदाधिकारी एवं स्थायी कमिटी सदस्यहरु मञ्चमा हुनेछन् भने मूल हलमा ३ हजार प्रतिनिधि रहने व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

यस्तै दायाँ-बायाँको हलमा एक/एक हजार प्रतिनिधि बस्नेछन् भने दुवै हलको प्यासेजको माथिल्लो खाली भागमा टेन्ट टाँगेर एकएक हजार क्षमताका हल बनाइएको छ । सबै गरेर ७ हजार मानिसका लागि बस्ने व्यवस्था मिलाइएको व्यवस्थापन समितिले जनाएको छ ।

विधान महाधिवेशनमा सहभागीहरुलाई बिहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमा नै व्यवस्था गरिएको छ । हरेक दिन बिहान ९ देखि ११ बजेसम्म खाना खाने समय छुट्याइएको छ भने खाजा प्याकेटमा दिइनेछ ।

साँझको खाना भनेको बास बसेकै स्थानमा वा आफै‌ंले व्यवस्थापन गर्नुपर्ने बताइएको छ । आवासका लागि प्रदेश तथा जिल्ला सम्पर्क मञ्चहरुको सहयोगमा प्रदेश कमिटीहरुले नै व्यवस्था गर्ने प्रबन्ध मिलाइएको व्यवस्थापन समितिले जनाएको छ ।

हेर्नुहोस तस्वीरहरु // तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here