प्रोफेसनल एजुकेसनल सेन्टरले खोल्यो झापामा कार्यालय, शैक्षिक परामर्शलाई सहज बनाइने


५ आश्विन २०७८, मंगलवार २१:१२ मा प्रकाशित

झापा, ५ असोज ।। विदेशमा पढ्न जाने विद्यार्थीलाई लक्षित गरी झापाको बिर्तामोडमा प्रोफेसनल एजुकेसनल सेन्टरले सेवा सुरु गरेको छ ।
सेन्टरका काठमाण्डौं प्रमुख राजुसिंह श्रेष्ठले मंगलवार एक कार्यक्रमका बिच विर्तामोडमा प्रदेश स्तरीय र काँकरभिट्टामा सम्पर्क कार्यालयको उद्घाटन गर्नु भयो ।
नेपालमा २८ वर्षदेखि वैदेशिक शिक्षा परामर्श केन्द्रको रुपमा स्थापित सेन्टरले अध्यायनका लागि विदेश जान चाहने विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श दिइदै आएको छ ।
नेपालबाट विभिन्न विषयमा विदेशमा अध्यायन गर्न जान चाहने विद्यार्थीहरुलाई आवश्यक परामर्श भिजा प्रक्रियामा सहयोग गरिने सञ्चालक तथा प्रबन्ध निर्देशक नवराज प्रधानले बताउनु भयो । विदेश जाने विद्यार्थीहरुलाई आयल्स कोर्स गराउने र अष्ट्रेलिया, अमेरिका, युके, क्यानाडा, थाइल्याण्ड, दुवई, भारत लगायतका देशहरुमा पठाउने कार्य गर्ने सञ्चालक प्रधानले बताउनु भयो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here