एमाले विवाद उत्सकर्षमा


२५ बैशाख २०७८, शनिबार १४:३२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट लिने विश्वासको मतको समय नजिकिँदै गर्दा एमालेभित्रको आन्तरिक विवाद समेत निर्णायक मोडमा पुगेको छ ।

Advertisement

पार्टी विभाजनको संकट टार्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका प्रभावशाली नेताहरूबीच हिजो बालुवाटारमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीका पक्षमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र माधव पक्षबाट घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईबीचको बैठक बसेको थियो ।

बैठकमा दुवै पक्षका नेताहरूले पार्टीलाई मिलाउनु पर्ने साझा धारणा बनाएका थिए । माधव पक्षले ओलीले २ जेठ २०७५ अघिकै एमालेको विधि विधानअनुरूप चल्नुपर्ने बटमलाइन अघि सारेको थियो । तर, ओली पक्षले भने फागुन २८ गते निर्णयलाई स्वीकारेर सहमति खोज्नुपर्ने बताएपछि बैठक निश्कर्षविहीन बन्न पुगेको थियो ।

तर पनि यस विषयमा फेरि छलफलमा जुट्ने भन्दै बैठक स्थगित गरिएको माधव पक्षका नेताहरूले बताएका छन् । बिहीबार र शुक्रबार पार्टीका दुवै पक्षका नेताहरूबीच व्यक्तिगत तथा सामूहिक रूपमा भएको छलफल समेत आ–आफ्ना अडानका कारण बैठकमा कुनै सहमति हुन सकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here