जसपाले फेर्‍यो झन्डा र लोगो


५ श्रावण २०८०, शुक्रबार ०९:३३ मा प्रकाशित

साउन ५, काठमाण्डौं ।। जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टीको झन्डा र लोगो फेरेको छ। विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झन्डा र लोगो बदलेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

Advertisement

उनका अनुसार यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङको पृष्ठभूमिमा सेतो ताराको सट्टा अहिले रातो पृष्ठभूमिमा सेतो तारा राखिएको छ। यसैगरी यसअघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ। पहिलेको लोगोमा मुठ्ठीसहितको हात राखिएको केन्द्रीय विभाग प्रमुख बस्नेतले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here