गत आर्थिक वर्षमा रिलिज भएका नेपाली र विदेशी फिल्म कसले कति कमाए ? (सूचीसहित)


४ श्रावण २०८०, बिहीबार १८:२९ मा प्रकाशित

काठमाडौं। चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९-०८० मा सार्वजनिक प्रदर्शनमा आएका ५७ स्वदेशी र ७८ विदेशी फिल्मको बक्स अफिस कमाइ सार्वजनिक गरेको छ ।

Advertisement

बिहीबार बोर्डले उपलब्ध गराएको विवरणमा मुभी कोडअनुसार नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी फिल्मको ग्रस कलेक्सन सार्वजनिक गरिएको हो । कमाइसँगै रिलिज भएको मिति र टिकट बिक्री संख्या पनि सार्वजनिक भएको छ ।

बोर्डको साउन २ गते बसेको बैठकले गरेको निर्णयअनुसार कलेक्सन सार्वजनिक गरिएको जनाइएको छ । गत आर्थिक वर्षमा ५७ वटा स्वदेशी फिल्म रिलिज भएका छन् ।

रिलिज भएका स्वदेशी फिल्मको २७ लाख १६ हजार २१७ वटा टिकट बिक्रीबापत ७६ करोड ७२ लाख ५७ हजार रुपैयाँ ग्रस कमाइ भएको जनाइएको छ । गत आर्थिक वर्षमा ७८ वटा विदेशी फिल्म नेपालमा प्रदर्शन भएका छन् । रिलिज भएका विदेशी फिल्मको २५ लाख ८५ हजार ६०२ थान टिकट बिक्रीबापत ७९ करोड ४३ लाख ४ हजार सात सय रुपैयाँ ग्रस कलेक्सन भएको बोर्डले जनाएको छ ।

प्रदर्शनरत दुई नेपाली कथानक फिल्महरु बगान र जारी तथा विदेशी फिल्महरु मिसन इम्पोसिबल ७ र रेसिडेन्ट एभिल डेथ आइल्याण्डको असार ३१ गतेसम्मको कमाइ विवरण समावेश छ ।

यस्तो छ सूची :

स्रोत : चलचित्र विकास बोर्ड

विदेशी फिल्मको सूची

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here