बिर्तामोड नगरपालिकाले कुहिने फोहोर अलग्गै उठाउन थाल्यो


३२ जेष्ठ २०८०, बिहीबार २०:०१ मा प्रकाशित

बिर्तामोड । झापाको बिर्तामोडमा कुहिने फोहोर संकलन सुरु गरिएको छ । बिर्तामोड नगरपालिकाले कुहिने र नकुहिने फोहोरको अलग–अलग संकलन सुरु गरेको हो ।

Advertisement

नगरपालिकाले कुहिने फोहोर संकलनका लागि अलग्गै गाडी तयार गरेर फोहोर संकलन सुरु गरेको छ । कुहिने फोहोरका लागि २ वटा गाडि परिचान गरिने बिर्तामोड नगरपालिकाले जनाएको छ ।

कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जामा फोहोर व्यवस्थापनको काम सुरु भइसकेकाले फोहोर संकलनमा वर्गीकरण गर्न थालिएको हो । उक्त प्लान्टमा फोहोरलाई वर्गीकरण गरेर मात्रै बुझाउनुपर्नेछ ।

हरेक परिवारलाई टोल विकास संस्था मार्फत फोहोरको वर्गीकरण गर्ने बारे सहजीकरण गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले जानकारी दिए । उनका अनुसार अब, नगरबासीले गाडिमा कुहिने र नकुहिने फोहोर छुट्टाएर मात्रै बुझाउनुपर्नेछ । वर्गीकरण नगरिएको फोहोर नबुझ्ने न्यौपानेको भनाई छ ।

चार दिनदेखि कुहिने फोहोर संकलनका लागि गाडि परिचालन गरिएको छ, वडा नं. ४ का सदस्य उमेश राउतले भने – अहिले प्रचारको काम पनि भइरहेको छ । संकलनको लागि पनि सँगसँगै भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here