पत्रकार महासंघ झापाको रबैया विरुद्ध प्रेस चौतारी आन्दोलित


३२ जेष्ठ २०८०, बिहीबार १९:५५ मा प्रकाशित

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाले सदस्यता शुद्धीकरणको मापदण्ड पालना नगरेको भन्दै प्रेस चौतारी झापा आन्दोलित बनेको छ । पूर्वाग्रहका आधारमा पत्रकार महासंघको सदस्यता शुद्धीकरण गरेपछि चौतारीले विरोध जनाएको हो । झापाको सदस्यता शुद्धीकरणमा मापदण्डको पूर्ण पालना नभएसम्म चौतारीले आन्दोलन जारी राख्ने जनाएको छ ।

Advertisement

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सन्तोष आचार्यले भने, ‘हामीले महासंघले गरेको कार्यका विरुद्ध आन्दोलन सुरु गरेका छौ, यसको थालनी स्वरुप आज महासंघमा कालो ब्यानर राखेर धर्ना दिएका छौं । हामी झापा महासंघले शुद्धिकरणको नाममा प्रदेशमा पठाएको सक्रिय पत्रकारहरुको नाम संशोधनका लागि आग्रह गरिरहेका छौं । सो सम्बन्धी प्रदेश कमिटीले छानविन समिति बनाओस् भन्ने हामी चाहन्छौं ।’

अत्यन्तै पूर्वाग्रही ढंगले, राजनीतिक आस्थाकै कारण महासंघको झापा नेतृत्वले प्रेस चौतारीलाई सडकमा उत्रन बाध्य पारेको हो । शुद्धिकरणमा पर्नैपर्ने कतिपय गैर पत्रकारहरुको नामहरु सूचिमा नराखिनु तर निरन्तर पत्रकारितामा क्रियाशीलहरुलाई यो वा त्यो बहानामा शुद्धिकरण भन्दै सिफारिस गरिएकोमा प्रेस चौतारीको आपत्ती रहेको जनाइएको छ ।

महासंघको केन्द्रीय समितिले पारित गरेको १५ बुदे मापदण्ड हुबहु पालना हुनुपर्नेमा चौतारी जोडदार माग गर्दछ, उनले थपे । तर झापामा यो नभएकोले हामी आन्दोलनमा उत्रन बाध्य भएका छौ ।’ चौतारीले आफ्नो मागको बेवास्ता गरे चरणबद्ध गर्ने आन्दोलनको जिम्मेवार पत्रकार महासंघ झापा हुनपर्ने चेतावनी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here