गणतन्त्र दिवसको अवसरमा प्रेस क्लबले गर्यो वक्तृत्वकला प्रतियोगिता


१५ जेष्ठ २०८०, सोमबार २०:०० मा प्रकाशित

मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजनामा आज अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । क्लबले १६ औं गणतन्त्र दिवसका अवसर पारेर गणतन्त्र स्थापनामा प्रेसको भूमिका विषयक अन्तर मावि वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । कार्यक्रममा मेचीनगरका आठवटा विद्यालय सहभागी थिए ।

Advertisement

प्रतियोगितामा बाल सुबोधिनी माध्यमिक विद्यालयका रमेश नेपाल ३१ अंकसहित प्रथम भएका छन् । यस्तै, कविशिरोमणि माध्यमिक विद्यालयकी उषा निरौला ३० दशमलव ३२ अंकसहित दोस्रो भइन् भने एभरेष्ट माध्यमिक विद्यालयकी सन्ध्या कट्टेल २९ दशमलव ८४ अंकसहित तेस्रो भएकी छिन् ।

प्रतियोगिताको मुख्य निर्णायकको भूमिकामा साहित्यकार तथा शिक्षक मिलनकुमार ढुंगाना तथा सदस्यहरुमा साहित्यकार भुवन सुब्बा खरेल र सञ्चारकर्मी हरिकृष्ण भण्डारी रहेका थिए । प्रतियोगितामा प्रथम भएका विद्यार्थी नेपालले नगद ३ हजार, दोस्रोले २ हजार र तेस्रो स्थान हासिल गर्नेले नगद १ हजारसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रेस क्लबका अध्यक्ष डम्बर बरालको सभापतित्वमा मेचीनगरको आदर्श माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी न्यौपाने, क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्ष मुक्ति पौडेल, सहभागी विद्यालयका तर्फबाट बाल सुबोधिनी माविका प्रधानाध्यापक विश्व थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रेस क्लबका सचिव देबु बानियाँले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष जीआर धितालले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here