अन्तर्राष्ट्रिय स्तरको अवार्ड लिडरसीप तालिम सम्पन्न


१५ जेष्ठ २०८०, सोमबार १९:५३ मा प्रकाशित

मेचीनगर ।। अन्तर्राष्ट्रिय स्तरको युवा विकास कार्यक्रम अन्तरगत एक दिने अवार्ड लिडर्स ट्रेनिङ आज काँकरभिट्टामा सम्पन्न भएको छ ।
मेचीनगर–६, काँकरभिट्टा स्थित एमिटी पब्लिक स्कुल र मेची च्याम्बर अफ कमर्सको संयुक्त आयोजनामा सम्पन्न तालिममा १९ जनाको सहभागिता रहेको थियो ।
डुक अफ इन्टरनेश्नल अवार्ड कार्यक्रम अन्तरगत गएको १० वर्षदेखि १४ देखि २४ वर्ष समुहका युवायुवतीलाई यस्तो तालिम तथा प्रशिक्षण प्रदान गर्दै आएको एमिटी पब्लिक स्कुलका प्रिेन्सिपल तथा तालिमका प्रशिक्षक सुवर्ण भट्टराईले जानकारी दिनु भयो । तालिमर्मा मुख्य प्रशिक्षकका रुपमा सक्षम युवा नेपालका बोर्ड सदस्य चन्द्रायन प्रधान श्रेष्ठ रहेका रहनु भएको थियो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here