जी ट्वेण्टीको अध्यक्षमा भारत


१५ मंसिर २०७९, बिहीबार १७:३९ मा प्रकाशित

झापा । भारत आजदेखि विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेण्टीको औपचारिकरूपमा अध्यक्ष भएको छ ।

Advertisement

गत महिना इण्डोनेसियाको बालीमा सम्पन्न समूहको १७ औँ शिखर बैठक समापनका अवसरमा इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आजदेखि अध्यक्षता गर्ने गरी समूहको प्रतीक चिह्न हस्तान्तरण गरेका थिए । भारतले आजैदेखि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अध्यक्षता पनि सम्हालेको छ । परिषद्को अस्थायी सदस्य भारतले चक्रीय प्रणालीअनुसार आगामी एकमहिनासम्म उक्त विश्वसंस्थाको महत्वपूर्ण अङ्गको नेतृत्व गर्नेछ ।

जी ट्वेण्टीको अध्यक्षता ग्रहण गरेको सन्दर्भमा भारतले आजदेखि एक सातासम्म देशका विभिन्न भागमा अवस्थित एक सय वटा ऐतिहासिक एवम् पुरातात्विक महत्वका स्मारक तथा विश्व सम्पदा सूचीमा सूचिकृत स्थानमा समूहको प्रतीक चिह्न राखेर दीपावली गर्ने भएको छ । भारतका ४० स्थानमा राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक, तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सूचीकृत गरेका विश्व सम्पदा छन् । भारतको पुरातत्व विभागलाई केन्द्रीय सरकारले जी ट्वेण्टीको प्रतीक चिह्नसहित प्रचारप्रसारका सामग्री ती स्थानमा राख्न र आवश्यक व्यवस्था गर्न निर्देशन दिएको छ ।

जलवायु परिवर्तनका कारण विश्वले भोग्नुपरेका समस्या समाधान तथा जलवायुजन्य समस्या उत्पन्न हुननदिनेतर्फ भारतले विशेष जोड दिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here