अब मेचीनगरमै पढाइ हुन्छ इन्जिनियरिङ


६ आश्विन २०७९, बिहीबार २०:१६ मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. १० स्थित धुलाबारी क्याम्पसमा यसै शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङ पढाइ हुने भएको छ । धुलाबारी क्याम्पसले आज पत्रकार सम्मेलन मार्फत नगरमै पहिलो पटक स्नातकमा इन्जिनियरिङ पढाइ हुन लागेको जानकारी दिएको हो ।

Advertisement

लामो समयसम्म त्रिभुवन विश्वविद्यालय मार्फत मानविकी, शिक्षा र व्यवस्थापन विषयमा स्नातक तहको अध्ययन अध्यापन भएको यस क्याम्पसमा पूर्वाञ्चल विश्वविद्यालय मार्फत बिइ इन्जिनियरिङ यसै शैक्षिक सत्रबाट पढाइ हुने भएको क्याम्पस प्रमुख पुष्पराज पौडेलले बताए ।

क्याम्पस सञ्चालन समितिका अध्यक्ष भिम खवासले धुलाबारी क्याम्पसले स्थापना कालदेखि नै शैक्षिक गुणस्तरका लागि गर्र्दै आएको इतिहास र वर्तामानको उपलब्धी सम्बन्धि जानकारी गराए । साथै अध्यक्ष खवासले धुलाबमरी क्याम्पसलाई सहयोग गर्ने सबै निकाय र व्यक्तिहरुप्रति धन्यवाद पनि व्यक्त गरेका छन् ।

सिटिभिटिको सिभिल सब ओभरसियर र डिप्लोमा कार्यक्रम पनि सञ्चालन हुँदै आएको यस क्याम्पसमा इन्जिनियरिङका लागि आवश्यक प्रयोगशाला, पुस्तकालय र वातावरणको पनि व्यवस्थापन रहेको इन्जिनियरिङ विभागका प्रमुख रुद्र मैनालीले जानकारी दिए ।

वि.सं. २०४८ सालदेखि सञ्चालनमा आएको धुलाबारी क्याम्पसमा लामो समयसम्म त्रिभुवन विश्वविद्यालय मार्फत स्नातक तहमा मानविकी, शिक्षा र व्यवस्थापन विषयको कक्षाहरु सञ्चालन भएको थियो । स्नातक तहमा विद्यार्थीको चाँप घटेसँगै करीब–करीब बन्दै हुँने स्थितिमा रहेको धुलाकारी क्याम्पस विं सं. २०७१ सालदेखि सिटिभिटिको सिभिल सब ओभरसियरको कार्यक्रमले चलायमान बनाएको हो । सिटिभिटिको सो कार्यक्रम १८ महिने कार्यक्रम अन्तर्गत पर्दछ ।

सुरुमा सिटिभिटिको सिभिल सब ओभरसियरको कक्षा सञ्चालन गरेर प्राविधिक शिक्षाको अध्यापन सुरु गरेको यस क्याम्पसले वि.सं. २०७७ एक कार्यक्रम मार्फत मेचीनगर पोलिटेक्निक इन्सिटियुटको स्थापना गरि सिटिभिटिको डिप्लोमा कोर्ष अन्तर्गत आइटि र आर्किटेकको अध्यापन सुरु गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here