लोकतान्त्रिक आदिवासी जनजाती नेपाल महासंघ मेचीनगरमा सुनुवार


४ आश्विन २०७९, मंगलवार २०:०५ मा प्रकाशित

मेचीनगर । संविधान दिवसको अवसर सम्पन्न भएको लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालले मेचीनगको प्रथम नगर सम्मेलनबाट अध्यक्षमा वेग सुनुवार सर्वसम्मत निर्वाचित भएका छन् ।

Advertisement

संगठनले ३१ सदस्य कमिटिको निमार्ण गरेको छ । वेग सुनुवार अध्यक्ष भएको उक्त संगठनको उपाध्यक्षमा वेनुप राई र ललित थामी, सचिवमा ईन्द्र प्रधान, सह–सचिवमा मोहन सुब्बा र कोषाध्यक्षमा लक्ष्मी मेचे चयन भएका छन् । ३१ सदस्य रहने भनिएको उक्त कमिटिमा हाल १४ जना पदाधिकारीहरुको मात्र नाम सार्वजनिक भएको छ भने बाँकी १७ जनाको नाम पछि सार्वजनिक हुने संगठनको नेतृत्वले बताएको छ ।

लोकतान्त्रिक आदिवासी जनजाताी महासंघ नेपालको जिल्ला अध्यक्ष वीरेन्द्र राज राजवंशीको अध्यक्षता तथा संविधान सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य रविन कोइरालाकोे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोइरालाले संविधानमा उल्लेख भएका आदिवासी जनजातीको हक र अधिकारको कुरामा आफू सधैँ लडिरहने बताएका छन् ।

नगर इन्चार्ज छोट बहादुर राईले स्वागत गरेका उक्त कार्यक्रमको सञ्चालन दशरथ खडियाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here