विश्व शान्तीको कामना गर्दै मेची– महाकाली ह्विल चियर यात्रा


३ आश्विन २०७९, सोमबार २०:३१ मा प्रकाशित

काँकरभिट्टा । विश्व शान्तीको कामना गर्दै इलामका एक युवाले मेची–महाकाली ह्विल चियर यात्रा आरम्भ गरेका छन् । इलाम नगरपालिका वडा नम्बर ८ का २५ बर्षीय सन्देश रम्तेलले आठौं संविधान दिवसको अवसर पारेर सोमबार नेपालको पूर्वी नाका काँकरभिट्ट स्थित मेची पुलबाट आफ्नो ‘मेची– महाकाली ह्विल चियर’ यात्रा आरम्भ गरेका हुन् ।

Advertisement

मोटर साईकल दुर्घटनामा परी बिगत दुई बर्षदेखि शारीरिक असक्त बनेका रम्तेलले ह्विल चियरको सहायतामा मेची– महाकाली यात्रा तय गरेका हुन् । नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक उत्तिर्ण गरेका रम्तेलले दैनिक ६० देखि ८० किलो मिटर यात्रा गर्ने गरी करीब दुई हप्तामा आफ्नो मेची–महाकाली ह्विल चियर यात्रा सम्पन्न गर्ने जानकारी दिए ।

पछिल्लो समय मानिसमा मानवता हराउदै गएको र मानव मानव बीच द्वन्द्व बढीरहेको बताउँदै उनले मानव शान्तीको सन्देश फैल्याउन आफूले मेची–महाकाली ह्विल चियर यात्रा गरेको बताउँछन् ।

मेची–महाकाली यात्रा सम्पन्न पश्चात लगत्तै विश्व यात्रामा निस्कने रम्तेलले जनाएका छन् । उनले बुद्ध जन्मभूमीको माटो लिएर विश्व शान्तीको सन्देश फैल्याउन आफूले विश्व यात्रा तय गरेको बताए ।

मेची–महाकाली यात्रा पश्चात भारत, बंगलादेश, थाइल्याण्ड, मलेसिया, म्यानमारलगायतका देशको भिषा आइसकेको बताउँदै रम्तेलले यीनै देशबाट आफ्नो विश्व ह्विल चियर यात्रा अगाडी बढाउने जनाए ।

यात्रा सुभराम्भ कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रती, महिला नेतृ रेणुका डागी, सुरक्षा कर्मी, सञ्चारकर्मीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थित रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here