युवा संघ मेचीनगर इन्चार्जमा कृष्ण


३ आश्विन २०७९, सोमबार २०:०६ मा प्रकाशित

मेचीनगर । राष्ट्रिय युवा संघ नेपालको मेचीनगर इन्चार्जमा कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार बसेको युवा संघ झापाको दोस्रो पूर्ण बैठकले श्रेष्ठलाई सो जिम्मेवारी प्रदान गरेको हो ।

Advertisement

बैठकले सरोज मेहरालई क्षेत्र नं. १ को क्षेत्रीय संयोजक र पवन खतिवडालाई क्षेत्रीय सचिवको जिम्मेवारी पनि सुम्पेको हो । त्यसै गरी प्रदेश निर्वाचन क्षेत्र नं. १ ‘क’ को संयोजकमा मान बहादुर तामाङ र क्षेत्र नं. १ ‘ख’ को संयोजकमा अरुण थेबेलाई छनोट गरेको हो ।

साथै मेचीनगरबाट विनिता तामाङ, ममता मेचे, सन्जु तिम्सिना र अशोक सुब्बा लगायत जिल्ला सदस्यमा निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here