झापाका २७ कैदिबन्दीलाई कैद मिनाह


३ आश्विन २०७९, सोमबार १४:४७ मा प्रकाशित

काँकरभिट्टा । संविधान दिवसको अवसरमा झापा जिल्ला कारागारका २७ जना कैदिबन्दीलाई कैद मिनाह गरिएको छ । नेपाल सरकारको सिफारिसमा झापाबाट २७ जनाको कैद मिनाह भएको जेलर सुरेन्द्र थापाले जानकारी दिए ।

Advertisement

कर्तव्य ज्यान , बहुविवाह ६÷६, किर्ते, सवारी ज्यान, ज्यान मार्ने उद्योगका ४÷४, ठगी, खोटाचलान, चोरीका १÷१ जनालाई कैद भुक्तानमा मिनाह गरिएको जेलर थापाले जानकारी दिए ।

जिल्ला कारागार भद्रपुरमा नकारात्मक सूचीमा नपरेका कैदिबन्दीलाई सजाय भुक्तानमा छुट दिईएको हो । – इजलास दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here