प्रेस चौतारी मेचीनगरमा हेमन्त


३ आश्विन २०७९, सोमबार १४:१० मा प्रकाशित

काँकरभिट्टा । मेचीनगर प्रेस चौतारीको अध्यक्षमा पत्रकार हेमन्त निरौला सर्वसम्मत निर्वाचित भएका छन् । आज काँकरभिट्टामा सम्पन्न एक कार्यक्रमले निरौलालाई संगठनको नगर अध्यक्ष छनोट गरेको हो ।

Advertisement

सात सदस्यीय प्रेस चौतारी मेचीनगरको उपाध्क्षमा बिनिता न्यौपाने, सचिवमा गगन ढकाल, कोषाध्यक्ष विकास देवकोटा, सदस्यहरुमा राजन पाठक र सञ्जय श्रेष्ट छनोट भएका छन् । साथै एक जना सदस्य संगठनको पहिलो बैठकले मनोनित गर्ने छ ।

प्रेस चौतारी झापा जिल्ला अध्यक्ष मन कुमार गदालको अध्यक्षतामा सम्पन्न संविधान दिवस तथा पर्वहरुको शुभकामना– २०७९, प्रेस चौतारी मेचीनगर समिति घोषणा कार्यक्रममा प्रमुख अतिथिको रुपमा संविधान सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य रविन कोइरालाको उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा नेकपा एमाले केन्द्रीय सदस्य तथा मेचीनगर नगरपालिकाकी उप–प्रमुख मीना पोखरेल उप्रेतीको उपस्थिति थियो भने अतिथिहरुमा प्रदेश सभा सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र कुढाथोकी, नेकपा एमाले प्रदेश सदस्य राजु कार्की, एमाले जिल्ला सचिवालय सदस्य टिकाराम मंग्राती, एमाले जिल्ला सदस्य मोहन काजी न्यौपाने, एमाले मेचीनगर अध्यक्ष राजु पोखरेल, प्रेस चौतारी केन्द्रीय सदस्य अम्बिका भण्डारी, सन्तोष आचार्य, टिकाराम उप्रेती, नेकपा एमाले सहकारी विभागका केन्द्रीय सदस्य रामचन्द्र उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रेस चौतारी केन्द्रीय सदस्य सन्तोष आचार्य, नेकपा एमाले जिल्ला सदस्य मोहन काजी न्यौपाने र संविधान सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य रविन कोइराला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रेस चौतारी जिल्ला उपाध्यक्ष प्रदिप परियारले स्वागत मन्तव्य गरेको उक्त कार्यक्रम प्रेस चौतारी जिल्ला सचिव प्रकाश पौडेलले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here