गजल


८ आश्विन २०७९, शनिबार १६:३१ मा प्रकाशित

यो चिच्याहट, यो आह्वान केका लागि ?
यो खुसी अनि यो सम्मान केका लागि ?

Advertisement

बलात्कृतले बलात्कार भएको बिर्सिसक्यो
दोषी पक्डन नसक्ने विधान केका लागि ?

सीमा मिचिएको खबरले छुदैन भने तिम्लाई
गोर्खालीको देश भन्ने अभिमान केका लागि ?

रोएको छ देश रोकिछिन् आमा, खुसी छौँ तिमी
अब भन यो मातृ, यो स्तनपान केका लागि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here