पर्खाइ


१ आश्विन २०७९, शनिबार १०:२९ मा प्रकाशित

जिन्दगीको यात्रासँगै
आज कालीगण्डकीको किनारमा आइपुगे
निर्मल निश्चल सलल बग्ने कालीगण्डी
अनि त्याँ देखेको तिम्रो झल्को
तिमी पनि त कालीगण्डकी जस्तै थियौं,
अनि म हिलोमा लत्पतिएको
किनारमा एक्लिएको
पत्थर…!
तिमी आयौं
मलाई शृङ्गारेउ
पूजा गर्न मन्दिरको लायक बनायौ,ं
रमाउन सिकायौं,
रमाउँदै गर्दा मैले बिर्सिएछु
तिमी त नदी पो !
म त जाबो पत्थर न हो
सागर खोज्न हिडेकी हौँ रे
तिमी घुमन्तेसँग प्रेम गर्ने
म अबोध !

Advertisement

भन्छन् पच्चीस वर्षमा खोला फर्किन्छ रे
आशा छ
तिमी पनि कुनै दिन
फर्किने छौँ
म त्यही किनारमा हुनेछु
अविरल तिम्रो पर्खाइमा
पुनः एक दिन
हाम्रो भेट हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here