अनेरास्ववियु काँकरभिट्टाले गर्यो वक्तित्वकला प्रतियोगिता


३१ भाद्र २०७९, शुक्रबार १७:४६ मा प्रकाशित

काँकरभिट्टा । काँकरभिट्टा बहुमुखी क्याम्पसको अखिल नेपाल राष्ट्रिय स्वतान्त्र विद्यार्थी युनियनलेको आयोजनामा वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार काँरभिट्टा क्याम्पसमा ‘उद्यमशिलतामा युवाको भूमिका’ विषयमा वक्तित्वकला प्रतियोगिता भएको हो ।

Advertisement

अनेरास्ववियु काँकरभिट्टाका अध्यक्ष सन्देश पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रको प्रमुख अतिथिको रुपमा संविधान सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य रबिन कोइरालाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कमल थापा, क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेती, प्रेस चौतारी केन्द्रीय सदस्य सन्तोष आचार्य, विद्यार्थी नेता सन्तोष धमला लगायतले शुभकामना व्यक्त गरेका थिए ।

क्याम्पसका ७ जना विद्यार्थीहरु सहभागी भएका उक्त वक्तित्वकला प्रतियोगितामा प्रतीक्षा पराजुली प्रथम भइन् भने विशाल थापा दोस्रो र सुजन अधिकारी तेस्रो भएका छन् । प्रतियोगितामा मनिका श्रेष्ठ, सुनिता बि.क, सचिन तिम्सिना र चुडामणी चौलागाईं लगायतका विद्यार्थीहरु पनि सहभागी थिए ।

सहसचिव प्रतीक्षा पराजुलीले स्वागत मन्तव्य गरेको उक्त कार्यक्रममा पुजा चुडालले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन सचिव संगम बरालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here