आधा रातमा सम्झिन्छु तिमीलाई सिरानी भिजाएर
तिमी गयौं मलाई छोडी यो मन रुवाएर ।
ओल्टे कोल्टे फेरी रहन्छु रातै भगाएर
तिमी फुलेउँ अर्कै दिलमा मलाई सताएर ।
जती जोड्छु उती टुट्छ मुटु मेरो भए लिलामी
दुनियाँको सामु म त भएँ सारै बद्नामी ।
झुटो बाँचा खाई याता राख्यौं मलाई कुराएर
तिमी गएउँ मलाई छाडी यो मन रुवाएर ।।