अखिल क्रान्तिकारीले भन्यो– ‘आरोपी’ शिक्षकलाई अध्यापनबाट तत्काल हटाउ


२९ भाद्र २०७९, बुधबार १२:४० मा प्रकाशित

मेचीनगर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) झापाले मेचीनगर–९ स्थित होलिवेल इङ्लिस स्कूलका शिक्षक दिपेश पाठकले सोही विद्यालयकी छात्रालाई आपत्तिजनक शब्द प्रयोग गरेर दुव्र्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement

संगठनका जिल्ला इन्चार्ज खगेन्द्र सिटौलाले आज (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै घटनाप्रति चासो व्यक्त गरेको हो । संगठनले यौन दुव्र्यवहार जस्तो अपराधलाई ढाकछोप गर्न विद्यालय प्रशासन सकृय भएकोप्रति आपत्ति जनाएको छ । संगठनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘पीडित परिवारलाई दबाव सिर्जना गर्दै घटनालाई लुकाउन खोजिएको पाइएको छ ।’

संगठनले घटनाको सत्यतथ्य छानबिन गरी दोषी भनिएका शिक्षक पाठकलाई अध्यापनमा रोक लगाउन माग पनि गरेको छ । साथै, पीडित परिवारको न्यायको निम्ति जोडदार पहल गर्न सबै पक्षसँग अपिलसमेत गरेको छ । संगठनले घटनालई दबाउन वा मिलाउन लागे जस्तोसुकै कारवाही गर्ने चेतावनी दिएको छ ।

होलिवेल इङ्लिस स्कूलमा ‘यौन दुव्र्यवहार’ भएको घटना मंगलवार सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । लगतै संगठनले विज्ञप्ती जारी गरेर घटनाप्रति चासो व्यक्त गरेको हो । सोही घटनाका विषयमा अन्य विद्यार्थी संघ संगठनहरुले भने आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here