मानव-हात्ती सहअस्तित्वकालागि विद्यार्थी लक्षित चेतनामुलक कार्यक्रम सम्पन्न


२८ भाद्र २०७९, मंगलवार २१:४४ मा प्रकाशित

बाहुनडाँगी । बाहुनडाँगी स्थित सामुदायिक भवनमा मानव हात्ती सहअस्तित्वकालागि विद्यार्थी लक्षित चेतनामुलक कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।

Advertisement

मेचीनगर नगरपालिका वडा नम्वर ४ ले बिषयविज्ञको उपस्थितिमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा वर्दियाको उज्यालो नेपाल नामक संस्थाले प्राविधिक सहयोग उपलब्ध गराएको वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताए ।

संविधान सभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाभरिका निजी तथा सामुदायिक विद्यालयमा कक्षा ९ र १०मा अध्ययनरत कररुब १५० जना विद्यार्थी सहभागी थिए ।

उनीहरूलाई बर्दियाबाट आएको उज्यालो नेपालका चिरायु थापाले हात्ती आएको जानकारी स्थानीयले सूचना कसरी प्राप्त गर्नेलगायतका विषयमा जानकारी गराएका थिए । उनले नै हात्ती आयो एप्स तयार गरेका हुन् । मञ्जु महतरा र सुशीला महतराले हात्तीको आनीबानी कस्तो हुन्छ ? हात्ती गाउँछिरे कसरी बच्न सकिन्छ ? लगायतका उपायका बारेमा सहभागी विद्यार्थीलाई जानकारी गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कोइरालाले जिल्लाको विभिन्न पालिकामा जङ्गली हात्तीको उपद्रो हुने गरेको बताउँदैँ मेचीनगरमा जङ्गली हात्तीको आतंक दीर्घकालीनरूपमा समाधान गर्न सके निक्कै ठूलो समस्या हल हुने बताए । उनले जङ्गली हात्तीको कारण जिल्लामा धेरैको ज्यान गएको वा धनजनको क्षति भएको स्मरण गराए ।

बन्यजन्तु विभागीय टोली, सुरक्षाकर्मी, हात्ती पीडितलगायतको टोलीले हात्ती रोक्न लगाईएको विद्युतीय तारवार (फेन्सिङ सोलार)को स्थलगत अवलोकन गरेका हुन् । त्यसक्रममा तटबन्ध हात्ती रोक्ने भरपर्दाे उपाय भएको निष्कर्ष निकाल्दै यसलाई प्राथमिकतामा राख्नुपर्ने सबैको जोड थियो ।

वडाध्यक्ष कार्कीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन वडा सदस्य पवन बराईलीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here