होलिवेल स्कूलले ‘यौन दुव्र्यवहार’ को घटना आफै मिलायो


२८ भाद्र २०७९, मंगलवार १५:५२ मा प्रकाशित

मेचीनगर । झापा मेचीनगर–९ स्थित होलिवेल इङ्लिस स्कूलका एक शिक्षकले सोही विद्यालयका एक छात्रामाथि यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको छ ।

Advertisement

सोही विद्यालयमा अध्यापन गराउने शिक्षक दिपेश पाठकले कक्षा ९ मा पढ्ने छात्रालाई सामाजिक सञ्जालमार्फत आपत्तिजनक शब्द प्रयोग गरेर दुव्र्यवहार गरेका हुन् । घटना केही दिन अगाडिको हो । ती शिक्षकले केही समयदेखि ती नाबालिका छात्रालाई मायाप्रेमका कुरा गरेर यौन दुव्र्यवहार गरेका थिए ।

ती छात्राले यौन दुव्र्यवहार भएको बारे परिवारलाई जानकारी गराएपछि भदौ १० गते विद्यालय परिसरभित्रै पसेर शिक्षक पाठकलाई कुटपीट गरिएको थियो । ती छात्राका आफन्तको कुटपीटबाट शिक्षक पाठक सामान्य घाइते भएको विद्यालय प्रशासनले जनाएको छ ।

छात्रामाथि यौन दुव्र्यवहारको घटना बाहिरिएपछि विद्यालय प्रशासनले दुवै पक्षलाई राखेर ‘जबरजस्त’ मिलाउने प्रयत्न गरेको छ । विद्यालय प्रशासनले व्यवहारिकता हेरेर ती शिक्षकलाई एक साता विद्यालय नआउन आग्रह गरेको विद्यालय प्रशासन प्रमुख सुरज कार्कीले बताए । विद्यालय प्रशासनले गल्ती नगर्न ती शिक्षकलाई सुझाव दिएर गम्भीर घटना ढाकछोप गरेको हो । अहिले ती छात्रा नियमित रुपमा विद्यालय आइरहेकी छिन् भने आरोपी शिक्षक पाठकले पनि आइतबारबाट पढाउन सुरु गरेका छन् ।

पीडित छात्राबाट अहिलेसम्म प्रहरीमा उजुरी नआएको इलाका प्रहरी कार्यालय धुलाबारीले जानकारी दिएको छ । आरोपी शिक्षक भने पढाउन व्यस्त छन् । विद्यालय प्रशासनले उक्त गम्भीर घटनालाई सामान्य रुपमा लिएको छ ।

मंगलवार विद्यालय पुगेको सञ्चारकर्मीको टोलीलाई स्कूलका प्रशासन प्रमुख कार्कीले छात्रामाथि नराम्रो व्यवहार गरेको भन्दै शिक्षक पाठकलाई एकपटक सच्चिने मौका दिएको बताए । ‘उहाँले गल्ती गर्नु भएकै हो,’ कार्कीले भने, ‘तर पीडित छात्राको अभिभावकसँग बसेर केश मिलाइसकिएको छ । यसमा धेरै कुरा भन्नु छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here