तालाबन्दीले गर्दा शिक्षक र कर्मचारीले तलब खान पाएनन् ः त्रिवि


२७ भाद्र २०७९, सोमबार १९:५४ मा प्रकाशित

झापा । त्रिभुवन विश्वविद्यालयले लेखालगायत निकायमा भइरहेको तालाबन्दीले शिक्षक र कर्मचारीलाई पारिश्रमिक दिन नसकिएको बताएको छ ।

Advertisement

आज त्रिविले विज्ञप्ति निकालेर गत असारदेखि नै शिक्षक र कर्मचारीलाई तलब खुवाउन नसकिएको उल्लेख गरेको हो । नेविसंघले गत असारदेखि उपकुलपति कार्यालय लगायतमा तालाबन्दी गरेको छ ।

‘तालाबन्दीका कारण शिक्षक र कर्मचारीको असार महिनादेखिको तलबभत्ता रोकिएको छ । निवृत्त शिक्षक र कर्मचारीको पेन्सन पाउन सकेका छैनन् । निवृत्त भएका शिक्षक र कर्मचारीहरूको निवृत्तिभरण र उपदानको प्रक्रिया अघि बढेको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘निरन्तर तालाबन्दीले त्रिविको गरिमा र प्रतिष्ठामा नकरात्मक असर पर्दै गइरहेको छ ।’

यसैबीच नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आजै विज्ञप्ति निकालेर त्रिवि नेविसंघ समिति विघटन गरिदिएका छन् । उनले अधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोक्ने भन्दै केन्द्रको निर्देशनविना कुनै पनि गतिविधि नगर्न भन्दै त्रिवि समिति विघटन गरेको विज्ञप्ति निकालेका छन् ।

साथै त्रिविका १३ महाशाखा प्रमुखहरूले पनि विज्ञप्ति निकालेर ताला खोल्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here