बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगर अस्पतालको निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवा प्रालिको धरौटी जफत गर्ने निर्णय गरेको छ । पूर्व निर्धारित समय र शर्त अनुसार काम नसकेको जनाउँदै नगरपालिकाले भवन निर्माण कम्पनी को धरौटी जफत गर्ने तयारी गरेको हो ।
तीन दिनभित्र कार्य प्रगति नदेखिए सार्वजनिक खरिद ऐन २०६४ अनुसार धरौटी जफत गरी कारवाही प्रक्रिया अगाडि बढाइने प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपानेले बताए ।
‘अन्तिमपटक पत्र काटेर काम पूरा गर्न भनेका छौँ’, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने, ‘निर्माण कम्पनीलाई अब पनि काममा आलटाल गर्ने छुट छैन् ।’
निर्माण कम्पनीले २०७७ असार ८ मा भवन निर्माण सम्झौता गरेको थियो । पाँच करोड ५० लाख सात हजार ७६० रुपैँयामा ठेक्का लागेको भवन गत असारमा पूरा हुनुपर्ने थियो । -स्पिक कर्नर