हाम्रो नेपाल साकोसको २२औं शाखा काकँरभिट्टामा


२२ भाद्र २०७९, बुधबार २१:२४ मा प्रकाशित

मेचीनगर । झापाको विर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२औं शाखा काकँरभिट्टामा स्थापना गरेको छ ।

Advertisement

गत वैशाख १९ गतेदेखि नै आफ्नो नयाँ शाखाको रूपमा कारोबार सुरू गरेको संस्थाले आज विधिवत रूपमा काँकरभिट्टा शाखा कार्यालय उद्घाटन गरेको छ । कार्यालयको उद्घाटन मेचीनगर–६ का वडाध्यक्ष ललित बहादुर तामाङ्गले गरे ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वडाध्यक्ष तामाङ्गले सहकारीको माध्यमबाट नेपालीहरुमा बचत गर्ने बानीको बिकास भएको बताए । उनले सहकारीले नाफा कमाउनु भन्दा पनि आफ्ना सदस्यहरुको जीवन उकास्न महत्वपूर्ण भूमिका खेल्नुपर्नेर्मो बताए ।

हाम्रो नेपाल साकोसका अध्यक्ष भवानी प्रसाद दङ्गालले सदस्यको दुःख होस् वा सुख संस्था सधै उनीहरुको साथमा रहेको बताए । उनले अहिले धेरै सहकारीले सदस्यहरुलाई समस्या परेको बेला ऋण लगानी बन्द गरेर बसेको अवस्थामा पनि आफ्नो संस्थाले आवश्यकताको आधारमा सदस्यहरुलाई लगानी लगाई रहेको बताए ।

संस्थाले कार्यालय उद्घाटनसंगै काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा शेयर सदस्य अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरेको छ । सोही अवसरमा संस्थाले तीन जना जेष्ठ नागरिक आमाहरुलाई नगदसहित सम्मान गरेको छ । सम्मानित हुनेहरुमा खगमाया भट्टराई, कालीदेवि गौतम र योसिना गुरुङ्ग रहेका छन् ।

संस्थाको सञ्चालक समिति सदस्य राजेन्द्र गौतमले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत काँकरभिट्टा शाखा प्रमुख कुसुम सुवेदी र सञ्चालन संस्थाकी विभागिय प्रमुख ज्योति पराजुलीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here