बुद्धशान्ति १ ले ९५नाघेका जेष्ठ नागरिकलाई वार्षिक दुई हजार पाँच सय दिने


२३ भाद्र २०७९, बिहीबार २०:१५ मा प्रकाशित

काँकरभिट्टा । बुद्धशान्ति गाउँपालिका वडा नं. १ ले ९५ बर्ष उमेर पूरा भएका वडाका जेष्ठ नागरिकहरुलाई वार्षिक रुपमा रु. २ हजार पाँच सय रुपैयाँ उपलब्ध गराउने भएको छ ।

Advertisement

वडाले आफ्नो ‘जेष्ठ नागरिक सम्मान कार्यक्रम’ मार्फत यो रकम उपलब्ध गराउने भएको हो ।

९५ वर्ष उमेर पूरा हुनुभएका समाजका सम्पत्ती, इतिहासका साक्षीका रुपमा सम्मान स्वरुप वडाको मिटिङले सो निर्णय गरेको वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here