झापा २ मा समानुपातिक तर्फ २४ जनाको आकांक्षा


२० भाद्र २०७९, सोमबार १८:५७ मा प्रकाशित

बिर्तामोड । नेकपा एमालेबाट झापा क्षेत्र नं. २ मा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फ २४ जना आकांक्षीहरुले नाम दर्ज गराएका छन् ।

Advertisement

बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा भएको २ नं. क्षेत्रीय समन्वय कमिटीको बैठकमा समानुपातिकतर्फ उम्मेदवार बनाउन सिफरिसका लागि नाम संकलन गर्दा २४ जनाले आकांक्षा व्यक्त गरेमा हन् ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न ४ जनाले आकांक्षा राखेका छन् । जसअनुसार अमृतलाल राजवंशी, जसमाया गजमेर, हर्कमाया बिक र कमला थापा मगरले आकांक्षा राखेका हुन् ।

यसैगरी, प्रदेशसभामा प्रतिनिधित्व गर्न क्षेत्र नं. २ (क) बाट १५ जना आकांक्षीहरु देखिएका छन् । समानुपातिकबाट प्रदेशसभा सदस्यका आकांक्षीहरुमा भीमकुमारी शिवाकोटी, द्रौपदी गणेश, अम्बिरकुमार लिङ्देन, छबिलाल बिक, हरिप्रसाद ओझा र पवित्रा पाठक रहेका छन् । यस्तै हडम मुर्मु सतार, अफ्रोज खान पैठान, ज्ञानेन्द्रप्रकाश ओली, केशवराज कार्की र सुरेन राजवंशीले पनि आकांक्षा व्यक्त गरेका छन् । डम्बरबहादुर बस्नेत, राजेन्द्रप्रसाद लिङ्देन, अनिता कन्दङवा र निता घतानीले पनि प्रदेशसभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने अपेक्षा राखेका छन् ।

यस्तै, निर्वाचन क्षेत्र नं. २ (ख) बाट ५ जनाले आकांक्षीहरु समानुपातिक उम्मेदवार बन्न आकांक्षा व्यक्त गरेका छन् । समानुपातिकबाट प्रदेशसभा सदस्यका आकांक्षीहरुमा वर्तमान प्रदेशसभा सदस्य बृख प्रधान, मजदूर नेता शान्तकुमार राई, सुमन नेम्वाङ, कमला खतिवडा र देवीकुमारी घिमिरेले नाम टिपोट गराएका छन् ।

जिल्ला कमिटी सदस्य तथा बिर्तामोड नगर इन्चार्ज देवराज कार्कीले संकलित नामावली क्षेत्रीय समन्वय कमिटीका संयोजक बद्री भट्टराईलाई हस्तान्तरण गरेका छन् । माथि उल्लेखित नामहरुमाथि भोलि भदौ २१ गते बस्ने जिल्ला कमिटीको पाँचौ पूर्ण बैठकमा छलफल गरेर उपल्लो कमिटीलाई सिफरिस गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here