प्रसूतिमा लापरवाहीका कारण बच्चको मृत्यु भएपछि तोडफोड भयो मनमोहन अस्पताल


१८ भाद्र २०७९, शनिबार २०:३० मा प्रकाशित

बिर्तामोड । बुधबार झापाको मेचीनगर नगरपालिका वडा नं १५ की एक महिलालाई असुरक्षित प्रसूति गराएका कारण शनिबार बच्चाको मृत्यु भएपछि बिर्तामोडमा रहेको मनमोहन अस्पताल तोडफोड भएको छ ।

Advertisement

गत भदौ १५ गते प्रसूतिका लागि बीना खनाल मनमोहन अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन बेलुका करिब ६ बजे अस्पताल प्रसूति विशेषज्ञ डा. एकराज गौतमको उपस्थिति बेगर नै उनलाई अदक्ष नर्स तथा सरसफाइका कर्मचारीले जबरजस्ति प्रसूति गराएका थिए ।

बिरामी र बच्चाको अवस्था जटिल भएपछि डा. गौतम आएर प्रसूति गराएको बिरामीका आफन्तको आरोप छ । प्रसूति गराएपछि गम्भीर अवस्थामा रहेका बच्चालाई मनमोहनले बिएण्डसी अस्पताल रेफर गरेको भए पनि बच्चा बाँच्न नसकेको बीनाका दाजु बबिन खनालले बताए ।

गर्भवती मेचीनगर १५ की बीना खनाललाई अदक्ष नर्स र सरसफाइका कर्मचारीले प्रसूति गराएको खनालका आफन्तले आरोप लगाएका छन् ।

चिकित्सकको उपस्थिति बेगर जबरजस्ति प्रसूति गराएकाले बच्चाको टाउकोमा गम्भीर असर परेकाले मृत्यु भएको आरोप लगाउँदै खनालका आफन्त तथा छरछिमेकीहरुले मनमोहन अस्पताल तोडफोड गरेका हुन् ।

मनमोहन अस्पतालका निर्देशक रोमनी भट्टराईले नर्मल डेलिभेरी गराउँदा जटिलता आएकाले बच्चाको मृत्यु भएको बताएका छन् ।

बिरामीका आफन्तले चिकित्सक बेगर प्रसूति गराउँदा घटना भएको बताइरहँदा भट्टराईले चिकित्सकले नै प्रसूति गराएको दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here