एमाले क्षेत्र नं १ बाट कोईराला सर्वसम्मत


२० भाद्र २०७९, सोमबार १९:०१ मा प्रकाशित

झापा । नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोईराला झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।

Advertisement

एमाले क्षेत्र नं १ को क्षेत्रीय कमिटीले झापा जिल्ला सहईन्चार्ज समेत रहेका कोईरालालाई प्रतिनिधि सभा सदस्यको उम्मेद्वारको रूपमा सर्वसम्मत सिफारिस गरिएको क्षेत्रीय संयोजक टिकाराम मंग्रातीले बताए ।

मेचीनगरको संस्थापक मेयर समेत रहेका कोईराला दोस्रो संविधान सभा निर्वाचनमा यस क्षेत्रबाट विजयी भई संसदमा प्रतिनिधित्व समेत गरिसकेका छन् ।

एमालेका प्रभावशाली नेताको रूपमा परिचित कोईरालाले संविधान सभा निर्वाचनमा नेपाली काँग्रेसका हालका महामन्त्री विश्वप्रकाश शर्मालाई पराजित गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here