झापा क्षेत्र नं. १ विश्वप्रकाशका लागि कति सहज ?


१७ भाद्र २०७९, शुक्रबार ०९:१६ मा प्रकाशित

झापा । मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि झापा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसले पार्टीका महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारिस गरेको छ ।

Advertisement

२०७४ को निर्वाचन तथा त्यस अघिको संविधान सभाको निर्वाचनमा पनि झापा–१ बाटै उम्मेद्वरी दिएका कांग्रेस महामन्त्री शर्माले झापा –१ बाटै पुनः उम्मेद्ववारी बन्ने इच्छा देखाएपछि कांग्रेसले शर्माको एकल उम्मेद्वरी सिफारिस गरेको हो ।

नेपाली कांग्रेस झापा क्षेत्र नं. १ ले शर्माको एकल नाम सिफारिस गर्ने निर्णयसँगै महामन्त्री शर्माले तेस्रोपटक आफ्नै निर्वाचन क्षेत्रबाट संघीय संसदमा चुनाव लड्ने पक्का भएको छ । क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बैठकले संघीय निर्वाचनको लागि झापा–१ बाट शर्माको एकल नाम सिफारिस गर्ने सर्बसम्मत निर्णय गरेको हो ।

नेपाली कांग्रेसमा प्रभावशाली युवा नेताको रुपमा परिचित शर्माले तेस्रोपटक आफ्नै निर्वाचन क्षेत्रबाट चुनावमा भिडिरहँदा त्यती सहज भने देखिदैन । दुई पटक आफ्नै निर्वाचन क्षेत्रका जनताले नपत्याएका उनलाई तेस्रो पटक पनि चुनौती नै देखिन्छ ।

प्रभावशाली युवा नेता शर्मा कांग्रेसको प्रखर वक्ताको रुपमा सु–परिचित छन् । तर, उनले आफ्नो पार्टी प्रमुख प्रतिपक्षमा भएको तत्कालिन अवस्थामा केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हाली रहँदा नागरिकले अपेक्षा गरे अनुरुप कार्य गर्न नसकेको भन्दै उनको शुभचिन्तकहरुको समेत गुनासो गरेका छन् ।

देश कोरोना कहरमा आक्रान्त बनिरहेको बेला प्रमुख प्रतिपक्ष दलको प्रवक्ता शर्माले त्यस समयमा सरकारलाई खबरदारी गर्दै जनताको पक्षमा धेरै कार्यहरु गर्नु पर्नेमा उनी कुनै एउटा राष्ट्रिय टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा मात्रै सिमित भएको आरोप छ ।

प्रवक्ताबाट पार्टीले अहिले उनलाई थप जिम्मेवारी प्रदान गर्दै महामन्त्री बनाएको छ । अहिले कांग्रेस प्रमुख प्रतिपक्षबाट सत्तापक्षमा छ । यसबेला उनको भूमिका देशभर नै पार्टी र जनताको सवालमा अह्म देखिनु पर्ने हो । तर, उनले आफ्नो निर्वाचन क्षेत्रमा पनि कांग्रसलाई एक ढिक्का बनाउन सकिरहेका छैनन् । आफू हाबी हुँदा स्थानीय तहको निर्वाचनमा आफ्नै गृह नगरपालिकामा पनि सत्ता गढबन्धनले चित्तबुझ्दो नतिजा ल्याउन सकेन । शर्माको हस्तक्षेपले अहिले कांग्रेसमा मात्रै दुई खेमा भएको छैन सत्ता साझेदार पार्टी माओवादी केन्द्र पनि उनलाई विश्वास गरिहाल्ने अवस्थामा देखिदैन ।

स्थानीय तहको मतलाई आधार मान्ने होभने यस क्षेत्रमा एमाले अगाडी देखिन्छ । यसले पनि शर्मालाई यसपालिको निर्वाचन नैतिकताको लागि अग्नी परिक्षा जस्तै भएको छ ।

वि.सं.२०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेद्वर सुरेन्द्रकुमार कार्कीले त्यस क्षेत्रमा शर्मालाई पराजित गरेका थिए । त्यसअघि संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) का नेता रविन कोइरालाले शर्मालाई पराजित गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here