झापा । झापामा कोरोनाको कारण थप दुई जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ३३९ जना संक्रमित निको हुँदा दुई जनाको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टाको अवधिमा देशभरबाट ३५३७ नमुना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३८१ र एन्टिजेनबाट २१५६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ९२ र एन्टिजेनबाट १०८ नमुनाको रिपोर्ट पोजिटिभ आएको हो ।
हाल सक्रिय कोरोना संक्रमितको संख्या २६४२ पुगेको छ ।