पूर्वाञ्चल क्यान्सर अस्पतालले सुरु गर्याे पेट सिटी स्क्यान


१६ भाद्र २०७९, बिहीबार २१:०३ मा प्रकाशित

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले निजी क्षेत्रबाट देश मै पहिलो पटक पेटको सिटी स्क्यान सेवा सुरु गरेको छ ।

Advertisement

अस्पतालले २ वर्षअघि पेट सिटी स्क्यान ल्याएको भए पनि बिहिबार मुखको क्यान्सर भएका ५२ वर्षीय बिरामी नुर मोहम्मद अन्सारीको पेट सिटी स्क्यान गरेर सेवा सुरु गरिएको हो ।

‘अहिलेसम्म धेरै बिरामीले सेवा लिन पाउँथे तर पनि केही छैन ढिलै भए पनि सेवा सुरु गर्न सक्यौँ । यो क्यान्सरका बिरामी र हामी सबैका लागी खुशीको कुरा हो’ अस्पतालका मेडिकल निर्देशक डा. बीरेन्द्र यादवले बताए ।

निर्देशक यादवले पेट सिटी स्क्यान मेशिन भएर पनि बिरामीलाई अन्त पठाउन पर्दा निकै नराम्रो लागेको अुभव सुनाउँदै अब भने आफ्नै अस्पतालमा सो सेवा दिन पाउँदा खुशी लागेको बताए । उनले आफूहरुले यो सेवा नियमित गर्ने र दैनिक ८ देखि १० जनाको पेट सिटी स्क्यान गर्न सकिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here