नेकपा झापाको सचिवमा थापा


१६ भाद्र २०७९, बिहीबार १२:०० मा प्रकाशित

झापा । बिर्तामोड स्थित अग्रसेन भवनमा सम्पन्न भएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको तेस्रो झापा जिल्ला अधिवेशनले सचिवमा प्रशान्त थापालाई निर्वाचित गरेको छ ।

Advertisement

अधिवेशनले सचिवमा थापालाई सहित २५ सदस्यीय जिल्ला समिति निमार्ण गरेको छ ।

पुरानो कार्यसमिति विघटन भएसँगै हिजोको अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले प्रशान्त थापालाई सचिवमा चयन गरेको नेकपा झापाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here